Incident Reports

दाङमा तीन वर्षीया बालिका बलात्कृत

2022-07-23

Lumbini, Dang, Babai, Ward 5

दाङ — जिल्लामा तीन बर्षिया बालिका बलात्कृत भएकी छन् । बबई गाउँपालिका ५ की ३ वर्षीया बालिकालाई स्थानीय १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कारपश्चात् भीरबाट खसालेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेपछि उनले कानमा लगाएको सुनको मुन्द्रा लुटेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए । बालिकाको नेपालगन्जमा उपचार भइरहेको छ । ती बालिकाको स्वास्थ्य अवस्था सुधार भइरहेको डीएसपी अर्यालले बताए । बलात्कारमा संलग्न किशोरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको अर्यालले जानकारी दिए । उनका अनुसार आरोपी किशोरले अपराध स्वीकार गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments