Incident Reports

प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप

2022-07-24

Bagmati, Sindhuli, Golanjor

सिन्धुली । सिन्धुलीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको गोलन्जोर गाउँपालिकाको कार्यालय परिसरमा उनीहरूबीच झडप भएको हो । उक्त गाउँपालिकाको कार्यालयमा ताला लगाउन पुगेका कांग्रेस कार्यकता र प्रहरीबीच आपसमा हात हालाहाल भएपछि झडप भएको थियो । गाउँपालिकाले २५ जना करारका कर्मचारीहरुको म्याद थप नगरेपछि आन्दोलित भएका कांग्रेसका कार्यकर्ताहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाउन खाजेपछि प्रहरीले रोक्ने क्रममा हात हालाहाल भएको हो ।

काग्रेसले गत बिहीबारदेखि गाउँपालिकाको कार्यालयमा ताला लगाएर म्याद थप नभएका कर्मचारीको म्याद थप गर्न माग गरेको थियो । आइतबार गाउँपालिकाले प्रहरी लगाएर कार्यालयमा लगाइएको ताल खोलेको थियो । गाउँपालिकाकाले ताल खालेपछि पुन कार्यालयमा ताल लगाउन पुगेका काग्रेसका कार्यकर्ता र प्रहरी बिच हात हालाहाल भएको गाउँपालिकाका अध्यक्ष शंकर बरालले बताए । करार कर्मचारीको म्याद थपको मुद्दा पेचिलो बन्दै गएको छ । प्रमुख सत्ताझेदार दलको नेपाली कांग्रेसनिकट करार कर्मचारीहरूको म्याद थप नगरेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।

करार अवधिका लागि भर्ना गरिएका अधिकांश कर्मचारीले राम्रोसँग कार्यसम्पादन नगरेको भन्दै गोलन्जोर गाउँपालिकाले २५ जना करारका कर्मचाको म्याद थप गरेको छैन । यी बाहेक अन्य ५७ जना करार कर्मचारीको भने गाउँपालिकाले करार अवधिको लागि पुनः म्याद थप गरेको छ । गाउँपालिकाले २५ जना कर्मचारीको म्याद थप नगरेपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र नेताहरूले गत साउन १ गतेदेखि पालिकामा धर्ना दिँदै आएका थिए । म्याद थप नगरिएका कर्मचारीको तत्काल बिनासर्त म्याद थप गर्नुपर्ने भन्दै गाउँपालिकाको कार्यालयमा ताला लगाएको गोलन्जोर गाउँपालिका–२ का वडाअध्यक्ष दौलत कार्कीले बताए ।

विवाद समाधान नभएपछि गाउँपालिकाका अध्यक्ष शंकर बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने नेपाली काग्रेसका जिल्ला सभापति उपेन्द्र पोखरेल लगाएत काग्रेसका नेताहरु समक्ष छलफल गर्न आइतबार सदरमुकाम आएका थिए । तर, कांग्रेस सभापतिसँग भेट नभएको गाउँपालिका अध्यक्ष बरालले बताए । कांग्रेस सभापतिले भोलिको लागि समय उपलब्ध गराउने जनाएपछि सोमबारका लागि छलफल गर्ने बताइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments