Incident Reports

कुटपिट गरेको भन्दै पति विरुद्ध प्रहरीमा उजुरी l

2014-08-24

Bagmati, Chitawan, Bharatpur, Ward 10

भरतपुर नपा-१० बस्ने २७ वर्षीया अनिता श्रेष्ठ लामालाई पति ३१ वर्षीय मंगल लामाले कुटपिट गरेको भन्दै पीडितले भदौ ८ गते जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छिन् । पतिले दिनहुँ मादक पदार्थ खाएर घरमा आई कुटपिट गर्ने गरेको पीडितले बताइन् । पछिल्लो पटक भदौ ७ गते आफू र छोराछोरीलाई कुटपिट गरी घरमा नै बस्न नदिएको उनको आरोप छ । कुटपिटबाट पीडित अनिताको शरीरमा निलडाम छ । केहिवर्षयता पतिले लागुऔषध तथा मादक पदार्थ खाएर आफू र छोराछोरीलाई समेत वास्ता नगर्ने, घरबाट निस्कन भन्दै धम्की दिने गरेकोले सहन नसकि प्रहरीमा न्यायका लागि आएको पीडितले बताइन् । उनीहरूको एक छोरी र एक छोरा छन् । पीडितले मजदुरी गरेर छोराछोरीको लालनपालन गर्दै आएकी छिन् । पतिलाई गिरफ्तार गरी आवश्यक कारवाही तथा आफ्नो अधिकार दिलाई पाउँ भनि प्रहरीमा उजुरी दिएको उनले बताइन् । आरोपितलाई प्रहरी कार्यालयमा झिकाई दुबै पक्षलाई राखेर छलफल गराइने महिला सेलका असई शान्ता पण्डितले बताइन् ।

0 Comments

Related Reports
Related Trend Analysis