Incident Reports

बारेकोट गाउँपालिका-६ का अध्यक्षमाथि खुकरी प्रहार

2022-07-25

Karnali, Jajarkot, Barekot, Ward 6

जाजरकोट — जाजरकोटको बारेकोट गाउँपालिकास्थित वडा नं ६ का अध्यक्ष डम्बरबहादुर महतारामाथि खुकुरी प्रहार गरी निर्घात कुटपिट गरिएको छ । एमालेबाट निर्वाचित महतारामाथि सोमबार बिहान आफ्नै निवासमा रहेका बेला कांग्रेसका स्थानीय नेता अविनाश नेपाली र स्थानीय टेकेन्द्र नेपालीले टाउकोमा खुकुरी र ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीय जयराम बस्नेतले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले बताएका छन् । उनले भने, ‘वडाध्यक्षमाथि कुटपिट भइ खुकुरी प्रहार गरिएको भन्ने जानकारी आएको छ, उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।' घटनामा संग्लन आरोपित दुई जना फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घाइते वडाध्यक्षलाई उपचारका लागि खलंगातर्फ ल्याइएको छ । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको रिसइबीका कारण कुटपिट भएको भन्दै नेकपा एमाले जिल्ला कमिटीले दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Entity CPN-UML
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments