Incident Reports

छोरीलाई विष सेवन गराएर हत्या गरेको आरोपमा आमा गिरफ्तार

2022-07-26

Lumbini, Rupandehi, Kotahimai, Ward 1

एक वर्षीया छोरीलाई विष सेवन गराएर हत्या गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ सिपवाकी २० वर्षीया किरण लोनियालाई साउन ८ गते सिपवाबाट  गिरफ्तार गरेको छ ।

आरोपितले साउन ७ गते साँझ तरकारीमा छर्ने विषादी आफूले  सेवन गरी छोरीलाई पनि खुवाएको र छोरी धेरै रोएपछि मृतकका बुवाले नजिकैको पसलमा गएर बिस्कुट किनेर हातमा दिदै गर्दा बेहोस भएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

घरका अन्य सदस्यलाई विष सेवनबारे जानकारी नभएकोले शव घर नजिकै खाडल खनेर पुरेका थिए । घटनाका अस्वभाविक भएको हल्ला भएपछि साउन ८ गते इलाका प्रहरी कार्यालय लुम्बिनीको टोली घटनास्थलमा पुगेर शव उत्खनन गरी  भीम अस्पताल भैरहवामा लगेर पोष्टमार्टम गरेको थियो ।

सोधपुछका क्रममा  मृतककी आमा किरणले आफूलाई  सासुले दिनहुँ मानसिक यातना दिएका कारण दुई छोरीसँगै विष खाएर मर्ने योजना बनाएको तर चार वर्षीया छोरी खान नमानेर भागेको र आफूले खाएपछि सानी छोरी खुवाएको बताउनु भयो ।

घटनाका विषयमा मृतकका बुवा २२ वर्षीय धिरज लोनियाले साउन ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।

आरोपितको स्वास्थ्य परीक्षण साउन ८ गते भीम अस्पताल भैरहवामा गरिएको र स्वास्थ्य अवस्था समान्य रहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments

Related Reports