Incident Reports

बाँकेको कोहलपुरमा एक दम्पती मृत भेटिए, हत्याको आशंका

2022-07-26

Lumbini, Banke, Kohalpur, Ward 14

 बाँकेको कोहलपुरमा एक दम्पती घरमै मृत फेला परेका छन्। कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा २२ वर्षीय कृष्ण गडरिया र उनकी २० वर्षीया श्रीमती अञ्जली गडरिया आज विहान मृत भेटिएका हुन्। राति नै घटना भएको भए पनि घरको तल्लो तलामा उनीहरुमात्रै सुत्ने भएकाले स्थानीयले शव देखेर विहान प्रहरीलाई खबर गरेका थिए। दुवै जनाको शव घरको कोठा बाहिर भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए। उनीहरुको एक वर्षअघि विवाह भएको थियो। डिएसपी मल्लका अनुसार उनीहरुको शरीरमा चोट देखिएकाले हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपी अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए। शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 2
National/Online Media

0 Comments

Related Reports