Incident Reports

मार्ने धम्की दिने भाइविरुद्ध उजुरी l

2014-08-25

Province 1, Solukhumbu, Solududhakunda, Ward 5

सल्लेरी गाविस-५ की ४८ वर्षीया टिम्बुरी तामाङलाई मार्ने धम्की दिएको आरोपमा पीडितले ४१ वर्षीय भाइ कान्छाबहादुर तामाङ विरुद्ध पीडितले भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितले भदौ ८ गते बिहान ८ बजेसामान्य घरायसी विवाद हुँदा घरबाट निस्केर जान भन्दै खुकुरी देखाइ मार्ने धम्की दिएको पीडितले बताइन् । विगत तीन महिनाअघि पनि आरोपितले पीडितलाई कुटपिट गरेको र घरेलु हिंसा प्रभावितका लागि सेवाकेन्द्रमा मिलापत्र भएको थियो । आरोपितलाई चाँडै गिरफतार गरी कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका सई राजेश थापाले बताए । पासाङबम्जन तामाङ

0 Comments

Related Reports
Related Trend Analysis