Incident Reports

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि अज्ञात समूहद्वारा ढुङ्गा प्रहार

2022-07-24

Karnali, Humla, Adanchuli, Ward 2

जुम्ला घरभई हाल हुम्लाको अदानचुली गाउँपालिकामा कार्यरत निमित्त प्रमख प्रशासकीय अधिकृत ४० वर्षीय टक्कदत्त प्याकुरेलमाथि साउन ८ गते साँझ ७ बजे अज्ञात समुहले ढुङ्गा प्रहार गरेको पीडितले आरोप लगाउनु भएको छ । अधिकृत प्याकुरेलको अदानचुली गाउँपालिका–२ श्रीनगरस्थित निवासमा कार्यपालिकाको बैठक बसिरहेको अवस्थामा अज्ञात समूहले ढुंगा प्रहार गरेको श्रीनगर प्रहरी चौकीका असई कृष्ण बहादुर बुढाले जानकारी दिनु भएको छ । अज्ञात समुहले हानेको ढुंगा प्रहारबाट अधिकृत प्याकुरेल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गाउँपालिकामा कर्मचारी राख्ने, नयाँ प्रमुख प्रशासकीय अधिकृत राख्ने विषयमा गाउँपालिकाका पदाधिकारी बीच छलफल भइरहेको अवस्थामा अधिकृत प्याकुरेलमाथि ढुंगा प्रहार भएको असई बुढाले इन्सके जिल्ला प्रतिनिधिलाई जानकारी दिनु भएको छ ।

आफुसहित, कार्यपालिका सदस्य, गाउँपालिकाका लेखापाल, बैंकका म्यानेजर आफ्नो कोठा भित्र बसिरहेको अवस्थामा माथिबाट जस्तापातामा ढुंगा प्रहार गर्दा आफुलाई लागेको अधिकृत प्याकुरेलले बताउनु भयो । आफूमाथि ढुंगा प्रहार गरेको घटना सम्बन्धमा कसैमाथि शंका नभएको र रातीको समय भएकाले ढुंगा हान्ने व्यक्ति चिन्न नसकिएको प्याकुरेलले भन्नु भयो । जथाभावी ढुंगा हानेपछि उक्त ढुंगा आफ्नो ढाडमा लागेको प्याकुरेलले जानकारी दिनु भयो ।

ढुंगा लागेर सामान्य घाइते भएका अधिकृत प्याकुरेललाई साउन ८ गते श्रीनगर स्वास्थ्य चौकीमा उपचार पश्चात साउन ९ गते घर फर्किएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक हंस महताराले बताउनु भएको छ । ढुंगा प्रहार गरे लगत्तै पीडित पक्षले अज्ञात समूहको खोजि कार्य भई कारबाहीको मागगर्दै साउन ८ गते श्रीनगर प्रहरी चौकीलाई उजुरी दिएको छ । ढुंगा प्रहार गर्ने अज्ञात समूहको हाल खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments

Related Reports