Incident Reports

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

2022-07-24

Province 1, Morang, Biratnagar, Ward 3

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र ५० वर्षीय सुरज सुवेदीलाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितद्वयले होटलमा लगेर पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । आरोपितद्वयले धम्की दिएर बलात्कार गरेको र भिडियो खिचेर सार्वजनिक गरीदिने भन्दै पटकपटक बलात्कार गरेको पीडितको आरोप छ । आरोपित राउत कराँते प्रशिक्षक र सुवेदी उनका साथी रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन ८ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments