Incident Reports

रुपन्देहीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

2022-07-27

Lumbini, Rupandehi, Kanchan

रुपन्देहीको कञ्चनमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । कञ्चन गाउँपालिका वार्ड नम्बर १ हात्ती बजारकी ३१ वर्षीय सावित्री थापा छेत्रीको हत्या गरेको आशङ्कामा प्रहरीले श्रीमान् यमबहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

 सावित्री आज बिहान घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको शरीर र हातमा नीलडाम देखिएको र टाउको चोट समेत रहेकोले हत्या गरेको आशङ्कामा प्रहरीले श्रीमान्लाई नियन्त्रणमा लिएको हो ।

सावित्रीको शव पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ । श्रीमान् ३५ वर्षीय यमबहादुरले नियमित रूपमा मदिरा सेवन गर्ने भएकाले पारिवारिक झगडामा घटना भएको हुन सक्ने अनुमान गरिएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments