Incident Reports

नागरिकता विधेयक र बढ्दो महंगीविरुद्ध प्रदर्शन

2022-07-27

Province 1, Taplejung, Phungling

बढ्दो महंगी र नागरिकता विधयेकको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठन प्रजातान्त्रिक महिला संगठनले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा थाल ठटाएर प्रदर्शन गरेको छ। ‘महंगी नियन्त्रण गर, कालो बजारी बन्द गर, भ्रष्टाचार र कमिशनतन्त्र बन्द गर, महिला हक र अधिकारको सुनिश्चत गर’ भन्ने नारासहित प्रजातान्त्रिक महिला संगठनले सदरमुकाम फुङलिङमा प्रदर्शन गरेको राप्रपाका जिल्ला अध्यक्ष अमृत साउदेनले जानकारी दिए। नगर परिक्रमा पछि आयोजित कोणसभालाई राप्रपाका जिल्ला नेता तथा प्रजातान्त्रिक महिला संगठनका अगुवाहरुले सम्बोधन गरेको नेतृ बिष्णु राईले जानकारी दिइन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments