Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-07-25

Lumbini, Bardiya, Barbardiya

१६ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–४ का १९ वर्षीय रमेश थारू, २१ वर्षीय रामलौटन थारु र २४ वर्षीय सुमन थारुलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडितहरूलाई आरोपितहरूले साउन ९ गते राती जन्मदिन मनाउन गएको बेलामा बारबर्दिया नपा–४ पदनाहा स्थित शिब प्राविको कम्पाउण्ड भित्र लगेर बलात्कार गरी फरार भएका थिए ।

घटनाको बारेमा जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले गाउँबाट गिरफ्तार गरेको हो । आरोपितहरू विरूद्ध पीडित पक्षले साउन १० गते इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएका छन् । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बानियाभारका इन्स्पेक्टर हरिहर खड्काले बताउनु भयो ।पीडितहरूको स्वास्थ्य परीक्षण साउन १० गते बर्दिया अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments