Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2022-07-26

Province 1, Okhaldhunga, Chisankhugadhi

चिशंखुगढी गाउँपालिका–४ की ३४ वर्षीया लाक्पा पुटी शेर्पालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति प्रेम नुरी शेर्पालाई साउन १० गते गिरफ्तार गरेको छ ।घरायसी विवादका क्रममा आरोपितले साउन ७ गते मरणासन्न हुने गरी कुटपिट गरेको र पत्नी बारीबाट फर्कने क्रममा भिरबाट लडी घाइते भएको भनि ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रुमा ल्याइ उपचार गराउने क्रममा साउन ९ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालले बताउनु भयो ।

प्रहरी समक्ष बयानमा आरोपित शेर्पाले घरायसी विवादका क्रममा आफूले आवेगमा आएर पत्नीलाई लात्ती, मुड्की, काठको दाबिलोले पेट, टाउको र शरीरको विभिन्न भागमा कुटपिट गर्दा घाइते भएको र पछि उपचारको क्रममा ज्यान गएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।कुटपिट गरी हत्या गरेको आरोपमा माइती पक्षले साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई साउन १० गते घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।शवको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन ९ गते गरिएको छ । पीडित पक्षले साउन १० गते शव बुझी चिशंखुगढी गाउँपालिका–४ मा लामा संस्कार अनुसार सद्गत गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments