Incident Reports

ओखलढुंगामा दश वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ

2022-07-28

Province 1, Okhaldhunga, Siddhicharan, Ward 11

ओखलढुंगा । दश वर्षीय बालकलाई कुटपिट गरेको आरोपममा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ११ की अन्दाजी ३८ वर्षीया सम्झना श्रेष्ठलाई छिमेकी बालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । केहि दिन अघि केटाकेटी खेल्ने क्रममा भएको सामान्य विवादलाई लिएर श्रेष्ठले बालकलाई मरणासन्न हुने गरी कुटपिट गरेको पीडित पक्षको आरोप छ । पीडित बालकको आफन्तले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनालले जानकारी दिए । कुटपिटबाट घाईते भएका बालकको सामुदायिक अस्पताल सोब्रुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको एक अस्पतालमा उपचार भैरहेको छ । कुटपिटपछि बालकले बारम्बार बान्ता गरिरहेकाले उनको टाउकोमा समस्या भएको हुनसक्ने पारिवारीक स्रोतले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments