Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-07-22

Karnali, Surkhet, Birendranagar, Ward 12

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नपा–१२ का २४ वर्षीय भवि भनिने भगवान वलेली मगरलाई प्रहरीले ०७९ साउन ११ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई ०७९ जेठ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा साउन १० गते जाहेरी दिएको डीएसपी सुरज कार्कीले बताउनु भयो । घटनाका सम्बन्धमा कसैलाई बताए मार्ने धम्की दिएकाले बालिकाले ढिलो गरी आमालाई घटनाका विषयमा बताएको पीडितका आफन्तले जानकारी दिनु भएको छ । बालिका टोलाउने र विद्यालय जान नमान्नेपछि घरपरिवारले सोधपुछ गर्दा बालिकाले घटनाका विषयमा आमासँग बताएको कानुन व्यवसायी अधिवक्ता गिता कोइरालाले जानकारी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रदेश अस्पताल सुर्खेतमा साउन ११ गते भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments