Incident Reports

घरेलु कामदारका रुपमा राखिएकी बालिकामाथि कुटपिट र यातना l

2014-08-23

Lumbini, Rupandehi, Siddharthanagar, Ward 3

सिर्द्धार्थ नगर नपा- ६ भैरहवास्थित राजन रसाईलीको घरमा घरेलु कामदारका रुपमा राखिएकी एक आठ वर्षीया श्रमिक बालिकालाई घर मालिकका परिवारले भदौ ७ गते कुटपिट गरी यातना दिएको घटना सार्वजनिक भएको छ ।घरमा पालिएको सुगा मरेको विषयमा पीडित बालिकालाई भदौ ७ गते कुटपिट गरिएको जनाउँदै जिल्ला बालकल्याण समितिले पीडितको तर्फबाट भदौ ८ गते प्रहरीमा उजुरी दिएको बालकल्याण अधिकृत राज्यलक्ष्मी गुप्ताले बताए । कुटपिटबाट यातना दिएकी बालिकाको हातमा आईरनले पोलेको दाग छ भने घाँटी तथा शरीरका अन्य भागमा समेत कुटपिट तथा यातनाको दाग देखिएको प्रहरीले जानकारी दियो । यसअघि पनि बालिकामाथि कुटपिट हुदै आएको प्रारम्मिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बालिकालाई घरमालिक राजन रसाइली र उनकी पत्नी शिवु रसाइलीले कुटपिट गरेको अवस्थामा स्थानीय छिमेकीहरूले देखेपछि भदौ ७ गते नै प्रहरीलाई खबर गरेका थिए । तत्कालै प्रहरीले बालिकालाई उद्धार गरी आरोपितहरूलाई बालिका चिच्याउने, रुने गरेको पहिले पनि सुनेको र पछिल्लोपटक कुटपिट गरेको देखेपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताए । प्रहरीले भदौ ७ गते पीडित बालिकालाई उद्धार गरी उपचारका लागि भीम अस्पतालमा लगेको थियो । बालिकाको भैरहवास्थित भीम अस्पतालमा उपचार पछि माइती नेपालको आश्रय स्थलमा राखिएको छ । घटनापछि बालिकालले आफ्नै बाबुलाई देख्दासमेत डरले कापेको तथा अन्यलाई देख्दासमेत त्रसित हुने गरेको इन्सपेक्टर प्रदीप क्षेत्रीले बताए । आरोपित विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको इन्स्पेक्टर क्षेत्रीले बताए । आमाको मृत्युपश्चात बालिकालाई उनकै बाबुले रर्साईलीको घरमा काम गर्न भनी एक वर्षघि आफैले ल्याएर छाडेका थिए ।

0 Comments