Incident Reports

हिरासतमै महिलामाथि बलात्कारको प्रयास

2022-07-29

Lumbini, Banke, Kohalpur

इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी एक महिलालाई यहाँका प्रहरी सहायक निरीक्षक (असइ) प्रवीण चौलागाईले यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेका छन्। शुक्रबार बिहान करिब २ बजे असइले ति महिलालाई यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेका हुन्। बहुविवाहमा हिरासतमा रहेकी ती महिलाले प्रतिकार गरेपछि उनले बलात्कार भने गर्न पाएनन्। स्रोतका अनुसार ति असइले मदिरा सेवन गरेर बलात्कार प्रयास गरेका थिए।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले बताए। ‘हामीले पीडित भनिएकी महिलाको कुरा पनि सुनिऔँ,’ उनले भने, ‘यौन दुर्व्यवहारको आरोप लागेका असइ चौलागाईंलाई पनि नियन्त्रणमा लिएका छौँ।’ इलाका प्रहरी कार्यालय कोहलपुर स्रोतका अनुसार मदिरा पिएर आएका असईले थुनुवा कक्षमा रहेकी महिलालाई बोलाएर माथिल्लो तलामा रहेको कोठामा लगेर बलात्कारको प्रयास गरेका थिए। करिब साता दिनअघि उनका श्रीमान् र उनी बहुविवाह मुद्दामा हिरासतमा छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments