Incident Reports

ललाइफकाई ६ जना बालिकामाथि बलात्कार, १४ वर्षीय किशोर पक्राउ

2022-07-27

Karnali, Surkhet, Panchpuri

सुर्खेत :  सुर्खेतमा ६ जना बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् । करिब डेढ महिनाअघि पञ्चपुरी नगरपालिकाका ६ जना बालिका बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका साढे १४ वर्षीय किशोर पक्राउ परेका हुन् । पाँचदेखि सात वर्षसम्मका ६ बालिकालाई चकलेट दिएर ललाइफकाई फरक–फरक समयमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

डेढ महिनाअघिदेखि भइरहेको घटनाबारे साउन ११ गते मात्रै एक बालिकाले भनेपछि अभिभावकले थाहा पाएका थिए । आफ्ना छोरीहरूमाथि बलात्कार भएको भन्दै पीडित पक्षले साउन ११ गते इलाका प्रहरी कार्यालय बाबियाचौरमा बालकविरुद्ध उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता भएलगत्तै आरोपित किशोरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

उसले एक पटक मात्रै बलात्कार गरेको स्विकारेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर टेकबहादुर देउवाले जानकारी दिए । तर केही बालिकालाई तीन पटकसम्म पनि बलात्कार गरेको पीडितले बयान दिएका छन् । किशोरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट ल्याएर जिल्ला प्रहरी सुर्खेतको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाबारे अनुसन्धानपछि मात्रै थाहा हुने जनाएको छ । बलात्कार आरोपमा पक्राउ परेका किशोरले अपराध गरेको पुष्टि भएमा उनलाई बाल सुधारगृहमा राख्ने व्यवस्था रहेको बताइएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 6
Female Raped 6
Youth Raped 6
National/Online Media

0 Comments