Incident Reports

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

2022-07-30

Karnali, Humla, Simkot

रेडियो कर्णाली आवाजका रिपोर्टर, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष सिमकोट गाउँपालिका–४ बुराउसेका ४२ वर्षीय मिग्युर लामालाई कुटपिट गरेको आरोपमा सिमकोट गाउँपालिका–२ ठेहेका ३५ वर्षीय बाँचबहादुर भण्डारीलाई प्रहरीले साउन १४ गते गिरफ्तार गरेको छ ।

साउन १४ गते बेलुका ८ बजेको समयमा रेडियोका कर्मचारीका आफन्त खार्पुनाथ गाउँपालिका–३ रायाका २२ वर्षीय ऐटन रावलले रेडियोको कोठामा गएर सामान ल्याउने क्रममा एफएम सञ्चालन गरिएको घरधनीका आफन्त भण्डारीले आफ्नो कोठा भित्र पसेर चोरको आरोप लगाई कुटपिट गर्दा रावललाई सामान्य चोट लागेको र सञ्चारकर्मी लामा घाइते भएको रेडियोका स्टेशन इञ्चार्ज नवराज महताराले बताउनु भयो ।

उहाँका अनुसार सञ्चारकर्मी भनिएका लामालाई पनि छलफलका लागि भन्दै प्रहरी कार्यालयमा लगिएको भए पनि एक्कासी बेहोस भएपछि साउन १४ गते नै उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

घाइते लामाको मुख र छातिमा चोट लागेको जिल्ला अस्पतालका डाक्टर कैलाश लामाले बताउनु भयो ।

कुटपिट पश्चात पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि साउन १४ गते नै भण्डारीलाई प्रहरीले गिफ्तार गरेर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 2
Total Abducted 00
INSEC

0 Comments