Incident Reports

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला : हत्याको आशंका, घटनास्थल पुग्यो प्रहरी

2022-08-01

Bagmati, Kathmandu, Tarakeshwor

काठमाडौं : काठमाडौंको तारकेश्वरस्थित काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटिएको छ। उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनायो। प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। यसैगरी अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको छ। परिसरका एसएसपी भरत बोहराले घटना भएको जानकारी आएपछि प्रहरी टोली अनुसन्धानका लागि पुगिसकेको जानकारी दिए। चारै जनाको शव घरभित्र फेला पारेको प्रहरीले जनायो। विद्यालय जाने समयमा उनीहरु घरबाट ननिस्किएपछि सोधीखोजी गर्दा उनीहरु मृत भेटिएको बताइएको छ। घरभित्र धारिलो चक्कु भेटिएको प्रहरीले जनायो। मृतक श्रीमानश्रीमती र छोराछोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी बोहराले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 3
Female Killed 3
Youth Killed 2
National/Online Media

0 Comments