Incident Reports

कुटपिट गरी घर निकाल्ने छोराविरुद्ध उजुरी

2014-08-19

Province 1, Okhaldhunga, Sunkoshi, Ward 4

कुटपिट गरी घर निकाला गर्ने छोराविरुद्ध सिस्नेरी गाविस- ६ की ७० वर्षीया मिठुमाया राईले जिल्ला प्रहरी कार्यालय, ओखलढुंगामा उजुरी दिएकी छन् । छोरा मनहरि राईको कुटपिटबाट मिठूमाया गम्भीर घाइते भएकी छन् । उनको दाहिने हात, पाखुरा र पिठ्यूमा गहिरो चोट लागेको छ । उनको ओखलढुंगा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यसअघि पनि पटकपटक घरजग्गाको विषयमा छोराले कुटपिट गरेर घर निकाला गरेको निवेदनमा उल्लेख गरिएको छ । छोराले आमासँग माइतीले कमाइ खान दिएको जग्गा आफूले पाउनुपर्ने माग गरेपछि नदिँदा आमालाई कुटपिट गरेर घर निकाला गरेको आमा समूह सञ्जालकी कार्यक्रम संयोजक रमा दाहालले बताइन् । सञ्जालकै सहयोगमा पीडितले प्रहरीमा निवेदन दिएकी हुन् । उजुरीपछि मनहरिलाई गिरफ्तार गर्न प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका असई पशुपति ढुंगानाले बताए । शिवप्रसाद ढुंगाना

0 Comments

Related Reports
Related Trend Analysis