Incident Reports

अर्थमन्त्रीमा शर्माको पुन: नियुक्तिको विरोधमा प्रदर्शन

2022-08-01

Bagmati, Kathmandu, Kathmandu, Ward 34

काठमाडौँ — सरकार र राजनीतिक दलहरू जनताप्रति उत्तरदायी नभएको भन्दै काठमाडौंमा नेपाली कांग्रेसनिकट युथ कंग्रेस समूहले प्रदर्शन गरेको छ । उक्त समूहले नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन गरेको हो । संसद् भवनअगाडि निषेधित क्षेत्रमा समेत उनीहरूले प्रदर्शन गरेका थिए । विशेषगरी विवादास्पद प्रकरणमा मुछिएका जनार्दन शर्मालाई पुन: अर्थमन्त्रीमा नियुक्त गरिएको भन्दै उक्त समूहले प्रदर्शन गरेको हो । करिब २५ जना जतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमुख प्रतिपक्ष दल पनि सशक्त रूपमा नउभिएको उनीहरूको भनाइ छ । 'एमालेको स्वार्थ करायो, प्रतिपक्ष हरायो' नारासहितको ब्यानर लिएर उनीहरू प्रदर्शनमा उत्रिएका थिए । अर्थमन्त्री शर्मामाथिको छानबिनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियत देखिएको उनीहरूले आरोप लगाएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments