Incident Reports

किर्ते मतदाता नामावली छानबिनको माग राख्दै आयोगको कार्यालय घेराउ 

2022-08-01

Bagmati, Kathmandu, Budhanilakantha

बसाइँसराइको फर्जी कागजात बनाएर मतदाता नामावलीमा नाम समावेश गरेकालाई कारबाही नगरिएको भन्दै काठमाडौंको जिल्ला निर्वाचन कार्यालय घेराउ गरिएको छ। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले देशका विभिन्न स्थानबाट बुढानीलकण्ठ नगरपालिकामा बसाइँसराइको फर्जी कागजात बनाएर मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै घेराउ गरेको हो।

कांग्रेस क्षेत्र नम्बर ४ सभापति श्याम संगतका अनुसार १३ जनाको यस्ता शंकास्पद कागजात भेटिएको छ। ‘१३ जनाको कागजात हामीले पाएका छौँ। उनीहरूले काठमाडौंबाहिरका जिल्लाबाट बसाइँसराइको कागजात बनाएर नामावलीमा नाम समावेश गरिएको देखिन्छ। हजारौँको संख्यामा यस्ता नामावली समावेश भएको हाम्रो अनुमान छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यसरी समावेश भएकाहरूले बसाइँ सरेर आएको स्थानीय तहबाट बसाइँसराइको कागजात पेस गरेको पनि देखिँदैन। बसाइँ सरेर आएका वडामा पनि दर्ता भएको देखिँदैन।’

स्थानीय तह निर्वाचनपछि असार १ बाट संकलन भइरहेको मतदाता नामावली संकलनका क्रममा हजारौँको संख्यामा फर्जी कागजातका आधारमा नाम समावेश गरिएको कांग्रेसको आरोप छ। कांग्रेसले यसबारे निर्वाचन आयोग, जिल्ला प्रहरी परिसर, काठमाडौं, सर्तकता केन्द्र, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतमा सरकारी कागजात किर्तेको आरोपमा मुद्दा चलाउन माग गरेको छ। 



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments