Incident Reports

८ वर्षीया बालिका बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ 

2022-08-02

Lumbini, Dang, Shantinagar, Ward 5

दाङमा आठ बर्षीया बालिका बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ परेका छन्। शान्तिनगर गाउँपालिका वडा नं. ५ का २९ वर्षीय चमन विक बलात्कार आरोपमा बुधबार बिहान पक्राउ परेका हुन्। विकले बहिनी नाता पर्ने बालिकालाई आमा-बुवा घरमा नभएको मौका छोपी मंगलबार दिउँसो बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। बालिकाले मंगलबार राति गुप्ताङ्ग दुखेको कुरा गरेपछि आमाले सोधपुछ गर्दा उनीमाथि बलात्कार भएको खुलेको थियो। त्यसपछि आमा बुवाले मंगलबार राति नै घटनाबारे इलका प्रहरी कार्यालय खिलतपुरलाई मौखिक जानकारी दिएका थिए। खबर पाउनासाथ खिलतपुरबाट प्रहरी निरीक्षक मानबहादुर केसीको कमाण्डमा पाँच जना प्रहरी विकको खोजीमा गए पनि उनी फरार भइसकेका थिए। फरार विकलाई खोजी गर्ने क्रममा बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी क्षेत्रमा फेला पारी नियन्त्रणमा लिइएको डिएसपी अर्यालले बताए। पीडित बालिकासहित उनका आमा-बुवा इप्रका तुलसीपुरमा विकविरूद्ध किटानी जाहेरी लिएर आएको डिएसपी अर्यालले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments