Incident Reports

कैलालीमा चक्कु प्रहारबाट दुई युवक घाइते

2022-08-03

Sudurpashchim, Kailali, Ghodaghodi

१८ साउन, धनगढी । कैलालीमा चक्कु प्रहारबाट दुई जना युवक घाइते भएका छन् ।घोडाघोडी नगरपालिका–४ डोकेबजार नजिकै घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने गौरीगंगा नगरपालिका–८ का इडेनजंग सुनार र बर्दगोरिया गाउँपालिका–२ बस्ने ३२ वर्षीय जुद्धबहादुर साउद घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले पूरानो झगडाको विषयलाई लिएर घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने गौरीगंगा नगरपालिका–९ बस्ने २३ वर्षीय सुनिल आउजीको समूहले सुनार र साउदमाथि चक्कु प्रहार गरेको बताए । उनकाअनुसार क्याम्पसबाट घर फर्किने क्रममा चक्कु प्रहार गर्दा उनको दाहिने खुट्टा, हात र घाँटीमा चोट लागेको छ भने सुनारलाई बचाउने क्रममा साउदको दाहिने हातमा चोट लागेको छ । दुवै जनाको पहलमानपुर स्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने आउजीसँगै गौरीगंगा नगरपालिकाकै अण्डैया बस्ने २१ वर्षीय पुष्कर भाटसहित परिचय नखुलेका अन्य दुई जना फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Violence in other institutions
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports