Incident Reports

प्रेमीलाई जेलबाट छुटाइदिने बहानामा तनहुँबाट दाङ बोलाएर युवतीमाथि बलात्कार

2022-07-28

Lumbini, Dang, Tulsipur

कारागारमा रहेका केटा साथी छुटाइ दिने भन्दै युवतीलाई तनहुँबाट दाङमा बोलाएर बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुटी घर भई वडा नं. ९ बेलुवामा बसोबास गर्दै आएका ३८ वर्षीय विष्णु शर्मा हाल फरार छन्। शर्मा ज्यान तथा लागुऔषध मुद्दामा १६ वर्ष कारावास सजाय भोगेर एक/डेढ वर्ष पहिलेमात्रै आममाफी पाएर छुटेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ।युवतीलाई तुलसीपुरमा बोलाएर बलात्कार गरेपछि शर्मा फरार भएको र खोजी कार्य तीव्र पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए।

चितवन कारागारमा लागुऔषध मुद्दामा दोषी ठहर भएपछि तोकिएको सजाय भुक्तान गर्न तनहुँका सुमन शाही ठकुरी बन्दी जीवन बिताइरहेका छन्। उनलाई तनहुँ जिल्ला अदालतले एक लाख २० हजार रुपैयाँ रकम र दुई वर्ष जेल सजायको फैसला सुनाएको छ। तोकेको जरिवान रकम तिर्न नसकेपछि ठकुरी कारागार पठाइएका हुन्।कुनै दिन सँगै दाङ तुलसीपुरका विष्णु शर्मा, सुमन शाही ठकुरी र हाल बाँकेको नेपालगञ्ज कारागारमा लागुऔषध मुद्दामा बन्दी जीवन बिताउँदै आएका नासिर (अहमद) सँगै वीरगञ्ज कारागारमा थिए। त्यतिखेरै ठकुरीले आफ्नी प्रेमिकाबारे नासिरलाई पनि सबै कुरा भनेका थिए। चिनजान गराइदिएका थिए। त्यही भएर यो बीचमा ती युवती र नासिरको बीचमा पनि फोन सम्पर्क भइरहन्थ्यो। युवतीको वास्तविक प्रेम सम्बन्ध ठकुरी सँगै छँदै थियो।

त्यही चिनजानका कारण नासिरले ती युवतीलाई असार १० गते आफूलाई भेट्न भनेर नेपालगञ्ज कारागारमा बोलाए। युवती नारायणघाटबाट बस चढेर नेपालगञ्ज पुगिन्। त्यो रात ती युवती नेपालगञ्जमै बास बसिन्। नासिरलाई युवतीले असार ११ गते नेपालगञ्ज कारागारमा पुगेर भेटिन्। नासिरले उनलाई एउटा कागज दिन्छन्। बाँकी केही बोल्दैनन्। त्यो छिमेकी देश भारत उत्तराखण्डमा बस्ने जमिल अहमदको पहिचान खुल्ने त्यहाँको आधार कार्ड थियो। नासिरले युवतीलाई दाङको तुलसीपुर जान सल्लाह दिए। जहाँ एक जना साथी रहेको र उसैले सघाउने वचन दिए। नासिरले तुलसीपुरका विष्णु शर्मालाई युवतीको फोन नम्बर पठाइसकेका थिए।

काम सकेर ती युवती दिउँसो ४ बजेतिर नेपालगञ्ज बसपार्क पुगिन्। त्यससपछि बस चढिन्। बीच बाटोमा पुग्दै गर्दा माओवादी नेता विष्णु शर्माले तुलसीपुरबाट युवतीलाई फोन सम्पर्क गरे। तर, त्यतिखेर विष्णुले आफ्नो परिचय सुनिल केसी भनेर दिए। आफूले तुलसीपुर बसपार्कमा कुरी बस्ने भन्दै ती युवतीलाई तुलसीपुर बसपार्कमै बोलाए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार युवती राति ९ बजेतिर तुलसीपुर बसपार्क पुगिन्। उनीहरू बसपार्कको एक होटलमा बास बसे। एउटै रूम भए पनि दुई अलग–अलग बेडमा सुते। पहिलो दिन विष्णु शर्मा उर्फ सुनिल केसीले ती युवतीलाई केही गरेनन्।

सुनिल भनेर परिचय दिएका विष्णुले आफूलाई उक्त दिन आफू इप्रका तुलसीपुरभित्रकै मानिस भएको अर्थात् आफू प्रहरी नै रहेको भन्दै युवतीलाई भ्रममा पारिसकेका थिए। डिएसपी अर्यालका अनुसार विष्णुले आफूले भनेझैं गरेमा युवतीका केटा साथी ठकुरीलाई कारागारबाट निकाली दिने विश्वास दिलाएका थिए। साउन १२ गते खाना खाइसकेपछि सुनिल उर्फ विष्णुले युवतीलाई तुलसीपुरस्थित तुलसीपुर यातायात प्राइभेट लिमिटेडमा गएर एउटा खाली टिकट माग्न लगाए। विष्णुकै योजना अनुसार युवतीले काउन्टरबाट कर्मचारीसँग बसको टिकट माग्न सफल भइन्।

उक्त टिकट सुनिल उर्फ विष्णुले लगे। जसमा विष्णुले जमिल अहमदको नाम लेख्दै ठेगाना भारत उत्तराखण्ड लेखेर राखे। विष्णुलाई जमिल अहमद दाङको तुलसीपुर आएको देखाउनु थियो। त्यो प्रमाण चाहिएको थियो। त्यस दिन विष्णुले अर्कै होटलमा पुर्‍याए। डिएसपी अर्यालका अनुसार होटलमा नाम इन्ट्री गराउँदा उनले आफूलाई जमिल अहमदको नामबाट गराएका थिए। त्यसदिन बेलुका खाना खाएपछि विष्णुले ती युवतीमाथि बलात्कार गरे। युवतीले जति अनुनयविनय गर्दा पनि उनले मानेनन्। उनी कराउन थालेपछि जमिल अहमदलाई फसाउन  प्रमाणको रूपमा यौन सम्बन्ध राख्न जरूरी रहेको भन्दै भ्रममा पारे।

डिएसपी अर्यालका अनुसार जमिल अहमद को हुन्? र तिनले के काम गर्छन् भन्ने खुलिसकेको छैन। तर, प्रहरीको आशंका भने उनी लागुऔषध कारोबारी अर्थात्  डिलर हुन सक्ने आशंका छ। जसलाई बलात्कार मुद्दामा फसाएर मोटो रकम असुल्ने र त्यसमध्ये केही रकम ती युवतीका प्रेमी सुमन शाही ठकुरीलाई कारागारबाट निकाल्न खर्चने योजना विष्णु र नासिरले बनाएको अनुमान प्रहरीको छ। साउन १३ गते शुक्रबारको दिन थियो। डिएसपी अर्याल खाना खाएपछि प्रहरीको आन्तरिक जुम मिटिङमा थिए। त्यतिखेर विष्णुले डिएसपी अर्याललाई फोन सम्पर्क गरेका थिए। तर, उनी मिटिङमा रहेको हुँदा उनको फोन उठाउन पाएनन्। त्यसको केही समयपछि डिएसपी अर्याललाई काम विशेषले कार्यालयभन्दा बाहिर जानु पर्‍यो। पीडिक विष्णु र ती पीडित युवतीसँगै इलाका प्रहरी कार्यालय पुगे। सुनिल उर्फ विष्णुको योजनामा युवती जमिल अहमदविरूद्ध बलात्कार मुद्दा दायर गर्न भनेर गएका थिए।

विष्णु ती युवतीले जाहेरी दिँदा साक्षीका रूपमा बस्न भनेर गएका थिए। उनले यी विषय तुलसीपुर उपमहानगरपालिका वडा नं. –३ का वडाध्यक्ष विजय विक र तुलसीपुर – ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहसँग पनि सोधेको प्रहरी बताउँछ।पीडक विष्णु र ती युवती पुगेर जमिल अहमदविरूद्ध किटानी जाहेरीसहित मुद्दा दिन खोजे। युवतीमाथि बलात्कार भएको साथी प्रमाण आफू भएको भन्दै विष्णु साक्षी बस्ने कुरा गरिरहेका थिए। प्रहरी निरीक्षक बखतबहादुर शाहीलाई आशंका लाग्यो। उनले युवतीलाई केही प्रश्न सोध्न थालेपछि विष्णु एकाएक इप्रका तुलसीपुरबाट बाहिरिएर गायब भए।

विष्णु बाहिरिएको केहीबेरपछि युवती भक्कानिइन्। विष्णुले आफूलाई भ्रममा पारी रातभर बलात्कार गरेको तथ्य सबैसामु खोलिन्। त्यतिखेर बिष्णु गायब भइसकेका थिए। त्यो बीचमा विष्णुले जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई फोन सम्पर्क गरी आफूलाई रिसिइबीका कारण प्रहरी निरीक्षकले अनाहकमा बलात्कार मुद्दा लगाएर फसाउन खोजेको बताएका थिए। केहीबेरमा कार्यालय प्रमुख डिएसपी अर्याल बाहिरको काम सकेर कार्यालय फर्के। एसपी काफ्लेले विष्णुले गरेको गुनासो डिएसपी अर्याललाई सुनाउँदै सत्यकुरा पत्ता लगाउन आदेश दिए।

डिएसपी अर्यालले पीडित भनिएकी युवतीलाई आफू पनि तनहुँमै बसेर काम गरेको र स्थानीय भएको कुरा गर्दै सत्य भन्न आग्रह गरेपछि युवतीले सबै घटनाक्रम सबैसामु बताइन्। यो बीचमा विष्णुले माओवादीका शीर्ष नेताहरूलाई आफूलाई प्रहरी फसाउन खोजिएको भन्दै गुनासो गरिसकेका थिए। प्रहरीले झूटा आरोपमा फसाउन थालेको कुरा विष्णुले गरेपछि नेताहरूले प्रहरी समक्ष कुरा राखे। डिएसपी अर्यालका अनुसार इप्रका तुलसीपुरमा विष्णुका सहोदार दाजु दुर्गासहित केही माओवादीका महिला नेता पनि पुगे। पीडित युवतीले विष्णु शर्माको नाममा बलात्कार मुद्दा लिखित रूपमा दर्ता गरिसकेको डिएसपी अर्यालले बताए। पीडित युवतीको घरमा आमा–बुवासमेत नरहेको तथा आफन्त पनि नरहेको हुँदा उनलाई प्रहरीले महिला अधिकारकर्मीलाई भनेर सुरक्षित ठाउँमा राखेको डिएसपी अर्यालले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments