Incident Reports

राजनीतिक खिचातानीले वडा कार्यालयमा ताला

2022-08-03

Karnali, Mugu, Chhayanath Rara, Ward 12

मुगु । छायानाथ रारा नगरपालिका वडा नम्बर १२ को परिवर्तनशील वडा कार्यालयमा विगत २ हप्तादेखि ताला लागेको छ । राजनीतिक खिचातानीले गर्दा उक्त वडा कार्यालयमा ताला लागेको हो । वडा कार्यालयमा कर्मचारी राख्ने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिबीच एक आपसमा मनमुटाब हुँदा १२ नम्बर वडा कार्यालयमा ताला लागेको बताइएको हो । छायानाथ रारा नगरपालिकाले केही दिन अगाडी एक सूचना जारी गर्दे करार कर्मचारीलाई हाजिरी नगर्न नगरपालिकाले निर्देशन दिएको थियो । उक्त निर्णय लाई मध्यनजर गर्दे नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित आइतुराम रोकायाले करार कर्मचारी हाजिर नगर्न भनी वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको बताए । उक्त वडामा नेकपा एमालेका वडा अध्यक्षसहित ३ जना र नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य रहेका छन् । वडा अध्यक्षले करार कर्मचारी लाई हाजिर गर्न नदिई आफू पायक कर्मचारी राख्न खोजेकाले त्यस्तो गर्ने नहुने र पुराना करार कर्मचारी भए पनि नगरपालिकाको आदेश अनुसार करार कर्मचारीलाई हाजिर गराइनु पर्ने आफ्नो माग भएकाले दोस्रो ताला आफूले लगाएको नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य रुनउदीप ऐडीले बताए ।

विशेष गरेर दुवै पक्ष लाई निहाल्दा करार कर्मचारीको विषयमा निहुँ गरेता पनि राजनीतिक खिचातानीले यस्तो भएको पाइएको छ । यसभन्दा अघि तीन जना करार कर्मचारीले सेवा प्रवाह गरिरहेका थिए । नगरपालिकाले करार कर्मचारी लाई हाजिर नगर्ने सूचना जारी गरेपछि करार कर्मचारीलाई वडा अध्यक्षले हाजिर गर्न नदिएका कर्मचारी हंसलाल बुढाले बताए । वडा कार्यालयमा ताला लगाइएको र अहिले वडा अध्यक्षले आफ्नो नजिकका गोख बहादुर नेपालीलाई सहयोगी बनाई सेवा प्रवाह गरिहरेका छन् । सेवा प्रवाह वडा कार्यालयबाट नभई वडा अध्यक्षको घर बाट सदरमुकाम गमगढीको सम्पर्क कार्यालयबाट भइरहेको बताइएको छ । स्थानीय वडावासीका अनुसार राजनीतिक खिचातानी र दुई हप्तादेखि वडा कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । सामान्य वडा सिफारिस , नागरिकताको सिफारिस, योजना लगायत अन्य सिफारिस नपाएको स्थानीय आइतु सिहं कामीले बताए । यता छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामका अनुसार परिवर्तनशील वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको बारेमा आफूलाई जानकारी नभएको र बुधवार स्वास्थ्य संस्था, वडा कार्यालयको छड्के अनुगमनमा जाँदा उक्त वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको भेटाएको बताउँछन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments