Incident Reports

बहुविवाहका आरोपित गिरफ्तार l

2014-08-17

Province 1, Taplejung, Mikwakhola, Ward 4

साँवा-२ का ३४ वर्षीय गोपाल साँवा लिम्बुलाई बहुविबाहको आरोपमा प्रहरीले २०७१ भदौ १ गते गिरफ्तार गरेको छ । पत्नी ३९ वर्षीया पूर्णमाया लिम्बुले पति विरुद्ध वहुविवाहको आरोपमा जिल्ला प्रहरी कार्यालयमा २०७१ साउन २० गते जाहेरी दिएकी थिइन् । पतिले साँवा-२ की ३२ वर्षीया कुमारी लिम्बुलाई विवाह गरी ०७१ असार ३२ गते घरमा भित्र्याएको जाहेरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयका र्सइ कृष्णप्रसाद सापकोटाले जानकारी दिए । लिम्बुलाई भदौ १ गते अदालतबाट म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएको छ । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis