Incident Reports

गस्तीमा रहेका वनरक्षकमाथि आक्रमण, एक जना पक्राउ

2022-08-03

Province 1, Morang, Sundarharaicha

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण भएको छ। सव डिभिजन वन कार्यालय लाटीझोडाका वनरक्षक सञ्जिवकुमार झा र कवीर राईमाथि ६ जनाको समूहमा रहेका युवाहरूले आक्रमण गरेका हुन्। कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत अमृत पन्तका अनुसार सुनसरी र मोरङको सिमाना भएर बग्ने बूढी खोलाको साझेदारी वन क्षेत्रमा वर्रोको रुख ढलेको सूचना आएको थियो। ढलेको रुख हेर्न र गस्ती गर्न दुईवटा मोटरसाइकलमा वनरक्षकसहित चार जना कर्मचारी गएका थिए। पन्त आफैं गस्तीमा गएका हुन्।

गस्ती गरेर फर्कने क्रममा बीचबाटोमा भेट भएका युवाहरूले एक्कासि निहुँ खोजेर आक्रमण गरेको उनले बताए। 'मदिराको नशामा लट्ठ रहेका युवाहरूले सुरुमा कहाँ पुगेर आएको भनेर सोधे। हामीले वनमा गस्ती गरेर आएका हौँ भन्यौं,' पन्तले भने, 'त्यसपछि दोहोरो सवालजवाफ हुनै पाएन। बिना कारण वनरक्षकको अनुहारमा मुक्का प्रहार गर्न थाले।' आक्रमणमा संलग्नहरू घटनास्थलबाट तत्कालै फरार बनेको उनले बताए। उनका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका-३ खोर्साने खाप घर भएका हिमाल राई र प्रकाश राईले सुरुमा आक्रमण गरेका हुन्। आक्रमणमा हिमाल र प्रकाशलाई उनीहरूसँगै रहेका अन्य युवाहरू इटहरी-३ का भेगे मगर, प्रताप राई तथा सुन्दरहरैँचा-५ फोकल्याण्ड टापुका रविन मगर र रविन धिमालले सहयोग गरेको पन्तले बताए।

घटनामा संलग्नमध्ये ३७ वर्षीय रविन धिमाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। अन्य युवा फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नविरुद्ध वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीमा बिहीबार किटानी जाहेरी दिएको छ। 'गस्ती गरेर फर्कदै गर्दा वनरक्षक र कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग राखेर प्रहरीमा जाहेरी दिएका छौँ,' पन्तले भने, 'ड्युटीमा हुँदा आक्रमण गर्नेमाथि कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो।' स्थानीयले पनि वनका रक्षक र कर्मचारीमाथि आक्रमण भएको स्थान लागुऔषध दुव्र्यसनीको अखडा बनेको गुनासो गरेका छन्।'दैनिकजसो दर्जनौं युवाहरू आएर लागुऔषध र मदिरा सेवन गर्दै होहल्ला गर्छन्। घरवरपर दुव्र्यसनीको अखडा बनेको छ,' एक स्थानीयले भने, 'दुव्र्यसनीका कारण हामी असुरक्षित भइरहेका छौँ। सम्झाईबुझाई गर्दा हामीमाथि नै आक्रमण गर्लान् भन्ने डर हुन्छ।'

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media

0 Comments

Related Reports