मा कक्षा ९ मा
अध्ययनरत बननियाँ गाविस-६ कमलपुरका १३ वर्षीय बालकलाई कुटपिट गरी यातना दिने शिक्षक मलेकपुर गाविस-२ का २७ वर्षीय रघुनाथ दासलाई प्रहरीले उपचार खर्च तिराई भदौ २ गते छाडेको छ ।
जिल्ला प्रहरी कार्यालयमा पीडितको घाउ खर्च वापत लागेको रकम आरोपितबाट भराउने लिखित कागज गराई सहमति भएपछि आरोपितलाई छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आरोपितले बिद्यार्थीहरूलाई साउन २९ गते बाँसको बत्तीले जथाभावी कुटपिट गर्दा पीडितको टाउको फुटेर रक्ताम्य भएको थियो । राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा पीडितको टाउकोमा चारओटा टाँका लगाई साउन २९ गते उपचार भएको थियो ।
पीडितले जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध साउन २९ गते उजुरी दिएका थिए । पीडितको उजुरीपश्चात प्रहरीले छलफलका लागि पीडित र आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा भदौ २ गते बोलाएको थियो ।
मनोहरकुमार पोखरेल