Incident Reports

कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा ड्राइभिङ सेन्टर सञ्चालक पक्राउ

2022-08-07

Lumbini, Dang, Tulsipur, Ward 6

युवतीमाथि बलात्कार प्रयासको मुद्दापछि दाङका ड्राइभिङ सेन्टर सञ्चालक बालाराम डाँगी पक्राउ परेका छन्। रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय डाँगी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार डाँगीमाथि उनकै कार्यालयमा कार्यरत एक युवतीले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्। उनका अनुसार आइतबार राति १२ बजेतिर डाँगीले 'एउटा जरूरी फर्म भर्नु छ' भन्दै ती युवतीलाई बोलाउन गएका थिए। 'युवतीले म यो मध्यरातमा कार्यालय जाँदिनँ भनेर अडान लिएपछि डाँगीले आफ्नी श्रीमती पनि कार्यालयमै रहेको विश्वास दिलाएका थिए। अनि ती युवती एक जना साथी लिएर करिब साढे १२ बजेतिर कार्यालय पुगेर फर्म भरेकी रहिछन्,' डिएसपी अर्यालले भने, 'तर डाँगीकी श्रीमती कार्यालयमा थिइनन्। फर्म भरेर फर्किने क्रममा करिब १ बजेतिर भर्‍याङमा डाँगीले युवतीलाई समातेको भन्ने कुरा जाहेरीमा छ।' सँगै गएकी साथी केही अगाडि रहेको र त्यही मौका छोपी डाँगीले ती युवतीलाई समाते पनि युवतीले प्रतिकार गरेर उम्कन सफल भएको कुरा पीडितले बताएकी छन्। 'पीडितकी साथी पनि प्रहरी कार्यालय आउनुभएको थियो। उहाँले पनि साथी लडेपछि चिच्याएको तथा हातका चुराहरू फुटेपछि आफू फर्केर गएको कुरा गर्नुभएको थियो,' डिएसपी अर्यालले भने, 'किटानी जाहेरीपछि हामीले डाँगीलाई पक्राउ गरी थुनामा राखेका छौं। थप अनुसन्धान हुन बाँकी छ।'

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments