Incident Reports

प्रहरीले मुद्दा दर्ता नगरेको आरोप l

2014-09-07

Lumbini, Banke, Khajura

Binod Pandey जिल्ला प्रहरी कार्यालयले अपहरण, शरीर बन्धक तथा बलात्कार मुद्दा दर्ता नगरेको नेकपा एमाले जिल्ला कमिटीले आरोप लगाएको छ । नेकपा एमालेले भदौ २१ गते विज्ञप्ति प्रकाशन गर्दै घटनाप्रति ध्यानाकर्षा भएको जनाएको छ। विज्ञप्तिमा पीडितलाई न्याय दिलाउनुको साटो प्रहरीले राजनीतिक दवाव परी मुद्दा दर्ता नगरेको आरोप लगाएको छ । उढरापुर गाविसकी एक १४ वर्षीया बालिकामाथि अपहरण तथा जबरजस्ती करणीको मुद्दा दर्ता गर्न प्रहरीले इन्कार गर्दै आएको उल्लेख छ । बालिकालाई सोही ठाँउका १८ वर्षीय कालिया भन्ने सफिक खानले भदौ १५ गते लिएर गइ बन्धक बनाएर बलात्कार गरेको र भदौ १६ गते राती बालिका भाग्न सफल भइ घर आएको पीडित पक्षले बताए । स्थानीयका अनुसार पहिलादेखि दुबै जनाको प्रेम सम्बन्ध रहेको थियो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर किशनसिंह बुडालले कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको बताए । विनोद पाण्डे

0 Comments