Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2022-08-05

Madhes, Dhanusha, Sahidnagar, Ward 3

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिदनगर नगरपालिका–३ का २२ वर्षीय आकाश मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय यदुकोहामा पीडितले दिएको उजुरी साउन २३ गते दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपित मण्डलले साउन २० गते बलात्कार गरेको पीडित बालिकाको आरोप छ । पीडित बालिकाले इलाका प्रहरी कार्यालय यदुकोहामा साउन २१ गते आरोपितविरुद्ध उजुरी दिएको इलाका प्रहरी कार्यालय यदुकोहाका इन्स्पेक्टर हरिविष्णु ढकालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २१ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ । घटनापछि आरोपित ‘फरार’ रहेकाले खोजी कार्य भइरहेको इन्स्पेक्टर ढकालले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments