Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-07

Madhes, Dhanusha, Sabaila, Ward 9

२४ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी टोलीले सबैला नगरपालिका–९ कुसमाहा बस्ने ५५ वर्षीय रामनारायण साह र ३५ वर्षीय नुर मोहम्मदलाई साउन २४ गते गिरफ्तार गरेको छ । आरोपितहरू मध्ये तीन जना ‘फरार’ रहेको प्रहरीले जनाएको छ । साउन २२ गते राति आरोपित पाँच जना मिलेर सामूहिक बलात्कार गरेको भन्दै पीडित महिलाले इलाका प्रहरी कार्यालय सबैलामा साउन २३ गते उजुरी दिएकी छिन् । पीडित महिलाको साउन २३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको छ । पीडितको महिलाको टाउको, मुख र गर्धन लगायतको ठाउँमा चोटपटक लागेकोले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । फरार तीन जना आरोपितहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर राजकुमार सिंह ठकुरीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments