Incident Reports

मझुवागढीका दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार

2022-08-10

Province 1, Khotang, Rupakot Majhuwagadhi

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार भएको छ । सडक बोर्डको योजना अनुगमन तथा मूल्यांकन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ पुगेकोबेला असिस्टेन्ट सव–इन्जिनियर खेटराजप्रसाद अधिकारी र इमरान राइनमाथि कुटपिट तथा दुर्व्यवहार भएको हो । बाम्राङका युवक राईले मंगलबार साँझ नियन्त्रणमा लिएर अपरिचितको घरमा लगेर अमानवीय व्यवहार गरेको अधिकारी र राइनले बताएका छन् ।

बाम्राङ सामातुङका एक घरमा बन्धक राखेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेको भन्दै अधिकारी र राइनलेले बुधबार आरोपित विरुद्ध विद्युतीय अपराधको कानुन बमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । युवकले मोबाइल, ब्याग, ब्यागमा भएको नाप्ने फित्ता, कागजात र बाइकको चाँवी थुतेर नियन्त्रणमा लिएर मुक्काले हानेको जाहेरीमा उल्लेख छ । ‘जाँड रक्सी खाएर आएको, रातको समयमा कसले बाइक चलाउन दियो’ भन्दै दुर्व्यवहार गरेको अधिकारी र राइनको आरोप छ ।

अधिकारी र राइन स्वयं युवकको आग्रहमा सडक बोर्डको योजना अनुगमन तथा मूल्यांकनका लागि साँझमा बाम्राङ जाने क्रममा कुटपिट तथा दुर्व्यवहारमा परेका हुन् । बाम्राङ जानेक्रममा अधिकारीले वडाध्यक्ष महेन्द्र राईलाई अनुगमनमा उपस्थिति हुनका लागि फोन गरेपछि युवकले बाइक रोकेर ‘किन वडाध्यक्षलाई फोन गरिस् ? वडाध्यक्षले दिएको योजना हो ?’ भन्दै मोबाइल र बाइकको चाँबी खोसेर कुटपिट गरेको जाहेरीमा भनिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports