Incident Reports

बलात्कृत बालिकाको स्वास्थ्य अवस्था चिन्ताजनक l

2014-09-08

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Ra नुनथला गाविस-८ का एक १७ वर्षीय बालकद्वारा बलात्कृत भएकी आठ वर्षीया बालिकाको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । भदौ १६ गते बलात्कृत बालिका हालसम्म बेहोस छिन् । बलात्कृत भएपछि रक्ताम्मे बनेर रुँदै घर फिरेकी बालिकाको हालसम्म होस नखुलेको आफन्तले बताएका छन् । बालिकाको अहिले कान्ति बाल अस्पताल काठमाडौमा उपचार भइरहेको छ । बलात्कृत बालिकाको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि काठमाडौँ रेफर गरिएको जिल्ला अस्पताल दिक्तेलका चिकित्सक पुजन मल्लले बताए । आरोपितले बालिकालाई फकाइफुल्याइ नजिकैको विद्यालयमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिनोदराज खरेलले बताए । बालिकालाई बलात्कार गरेपछि फरार बनेका किशोरलाई प्रहरीले भदौ १८ गते गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दा दर्ता गरी कार्बाही प्रक्रिया अघि बढाइएको डिएसपी खरेलले बताए । डिएम चाम्लिङ राई

0 Comments