Incident Reports

संघीय सरकारविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री र सांसदहरुले थाले धर्ना

2022-08-14

Madhes, Dhanusha, Janakpur

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री र सांसदहरुले संघीय सरकारविरुद्ध धर्ना थालेका छन् । प्रदेश प्रहरी समायोजनको माग गर्दै आइतबारदेखि प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना सुरु गरिएको हो । 

एक सातासम्म चल्ने धर्ना कार्यक्रम हरेक दिन दुई घण्टा चल्ने जनाइएको छ । पहिलो दिन आइतबार पौने १२ बजेदेखि पौने दुई घण्टासम्म चल्नेछ । संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखा पर्दै आएको छ।

पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् । तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गर्दा स्थिति द्वन्द्वोन्मुख देखिएको हो। संविधानप्रदत्त अधिकार उपयोगका लागि प्रदेश सरकारहरूले उत्कट चाहना देखाइरहेका छ

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments