Incident Reports

जुम्लामा बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा एक जना पक्राउ

2022-08-13

Karnali, Jumla, Chandannath, Ward 7

जुम्ला – १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका-७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले प्रकाउ गरेकाे छ। महतलाई चन्दननाथ नगरपालिका-५ जुगाडखोलाबाट शनिबार नै प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। पीडित बालिकाकी आमाले पनि महत्तविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी छन्। आरोपित महतले पटकपटक बलात्कार गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ। आरोपित महतले बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्नेगरी सहमतिमै वैशाख ०७९ मा लगेका थिए।

आमाले जुम्लामै दोस्रो बिहे गरेकाले बालिका पनि जाजरकोटकाे कुशे गाउँपालिकाबाट जुम्ला आएकी थिइन्। उनकी आमाले बजारमा व्यापार गर्छिन। बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई महतले लगेका थिए। पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक पटक बलात्कार गरेका थिए। महतले बलात्कार गरेको कुरा अरूसँग नभन्न र धम्की दिन गर्थे। छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई बलात्कार गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने विष खाएकी थिइन। उनले विष सेवन गरेपछि घटना सार्वजनिक भएकाे थियाे। घटना मिलाउन आराेपी महतले बालिकाकाे बैंक खाता सात लाख रुपैयाँ राखिदिएकाे स्राेतकाे भनाइ छ। बालिका चन्दननाथ नमुना विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments