Incident Reports

आफ्नै भतिजी बुहारी बिनुलाई जबर्जस्ती करणी गर्न खोज्ने पवन कठायत पक्राउ

2022-08-17

Bagmati, Ramechhap, Manthali

काठमाडौं । आफ्नै भतिजी बुहारी बिनु यादवलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेका रामेछापका पवन कठायत पक्राउ परेका छन् ।

उनले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडीनजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । पवन रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी समेत हुन् । बुहारीले प्रहरीमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि पवन फरार भएका थिए ।

फरार भनिए पनि उनी राजनीतिक दलका नेता र कार्यकर्ताको संरक्षणमा खुलेआम हिडिरहेका थिए । तर सञ्चार माध्यम लगायत सबैतिरबाट चर्काे दवाब परेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई सदरमुकाम मन्थलीबाट बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नावय उपरीक्षक राजकुमार थिङले सुराकीको आधारमा पवनलाई सदरमुकाम मन्थलीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

साबिक रामेछाप नगरपालिका– १ गोठगाउँ घर भएका पवन केही वर्ष अघिदेखि मन्थलीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।पक्राउ परेका पवनलाई बुधवारनै रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइने थिङले जानकारी दिनुभयो । आफ्नै श्रीमान प्रदीप कठायतबाट पटक–पटक यौन हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनुका अनुसार काका ससुरा पवनले २०७९ बैशाख ७ गते उनलाई जवर्जस्ती करणी गर्ने प्रयास गरेका थिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments