Incident Reports

वैवाहिक बलात्कारको आरोपमा युवक पक्राउ

2022-08-17

आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भएर बानेश्वर बस्ने दिनेश कार्की छन् । २५ वर्षीय कार्की विरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । बागबजारमा आफुलाई बलात्कार गरेको पत्नीको आरोप छ । कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अनामनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments