Incident Reports

माइतीघर मण्डलामा विद्यालय कर्मचारीहरूको धर्ना

2022-08-19

Bagmati, Kathmandu, Kathmandu

आफ्नो पूर्ण सेवा सुरक्षाको ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन् । आन्दोलनको तेस्रो दिन आज बिहान ११ बजेदेखि ३ घण्टा माइतीघर मण्डलामा धर्नामा बस्ने कार्यक्रम रहेको नेपाल विद्यालय कर्मचारी परिषद्का उप–महासचिव प्रेम बहादुर भण्डारीले जानकारी दिए । विभिन्न नारासहितका प्लेट कार्ड छातीमा टाँसेर उनीहरू धर्नामा बसेका छन् । यसअघि उनीहरूले भदौ १ र २ गते शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिएका थिए । हिजो केन्द्रको मुल गेटमा तालाबन्दी समेत गरेका थिए । शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले माग सुनुवाई गर्न नचाहेको उनीहरूको गुनासो छ ।

बिहीबार बसेको परिषद्को बैठकले आज र भोलिका लागि लागि माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम तय गरेको थियो । विद्यालय कर्मचारीहरूले पूर्ण सेवा सुविधाको ग्यारेन्टी गरिनुपर्ने लगायतमा विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका छन् । विद्यालय कर्मचारी सहायक (लेखापाल) को तलब ३६ हजार ७३० हुनुपर्ने, विद्यालय सहयोगीहरूको तलब २६ हजार २१० रुपैयाँ हुनुपर्ने माग अघि सारेका छन् । त्यस्तै संघीय शिक्षा ऐन÷शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु¥याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने माग राखेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments