Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-14

Lumbini, Kapilbastu, Shivaraj

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका –६ का १९ वर्षीय बिजय यादव , २१ वर्षीय बिशाल बढई र २४ वर्षीय रामकुमार बढईलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध साउन ३० गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले बताउनु भयो । घर नजिकै शौच गर्न गएको समयमा सुस्त मनस्थिती भएकी नन्दलाई आरोपितहरूले बलात्कार गरेको पीडितकी भाउजुले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण साउन ३० गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments