Incident Reports

तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लव नेकपाको माग, आज नेपाल बन्दको घोषणा « Narayanionline.com

2022-08-23

Nepal

नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन केपी ओलीको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । सहमति कार्यान्वयन गर्नुको साटो उल्टै नेकपाका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

उनीहरुले नेकपासँगको सहमति कार्यान्वयनसँगै एमसिसी सम्झौता खारेज गर्नुपर्ने, बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र आफ्नो नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्धा खारेज गर्नुपर्ने माग राखेका छन् ।

सोमबार साँझ देशका विभिन्न स्थानमा मसाल जुलुस निकाल्नुका साथै विरोध प्रदर्शन गरिएको थियो । नेपाल बन्दको घोषणा गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments