Incident Reports

२० वर्षीय युवकलाई रेस्टुरेन्टमा कुटपिट र लुटपाट गरेको अभियोगमा ४ जनाविरूद्ध मुद्दा

2022-08-11

Lumbini, Dang, Tulsipur

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- १२ कपडादेवीका २० वर्षीय अर्जुन पोखरेल साउन २६ गते राति रेस्टुरेन्टमा थिए। तुलसीपुर– ६ रजौरास्थित ड्रिम्सल्यान्ड रेस्टुरेन्टमा राति ९ बजेतिर चार जना युवा पुगे। उनीहरूले अर्जुनमाथि कुटपिट गरे।अर्जुनले भदौ १ गते दिएको किटानी जाहेरीअनुसार उनलाई कुटपिट गर्नेहरू तुलसीपुर– ६ हात्तीखौवाका ३२ वर्षीय घनश्याम पुन मगर, तुलसीपुर–५ का २९ वर्षीय जनक नेपाली, ३३ वर्षीय बम घर्ती मगर र ३४ वर्षीय सन्तोष वली थिए। कुटपिटपछि उनीहरूले अर्जुनको मोबाइल खोसेर स्वीच-अफ गरिदिए। अनि अर्जुनलाई बा ४ च ४८९० नम्बरको कारमा राखेर तुलसीपुरको अमेलिया जंगल खण्डमा पुर्‍याए।राप्ती राजमार्गअन्तर्गत जंगल क्षेत्रमा पुर्‍याउनासाथ उनीहरूले अर्जुनलाई थप कुटपिट गरे। अर्जुनले लगाएको दुई तोलाको एउटा सुनको सिक्री, आधा तोला जतिको एउटा सुनको औंठी, एउटा घडी र ५० हजार नगद लुटपाट गरे। त्यसपछि राति ३ बजेतिर उनीहरूले अर्जुनलाई फेरि ड्रिम्सल्यान्ड रेस्टुरेन्ट भएकै ठाउँमा ल्याए र कारमै छोडिदिए।

अर्जुनका साथीहरूले उनलाई खोजिरहेका थिए। साथीहरूले तीन बजेतिर कारभित्रै अचेत अवस्थामा उनलाई फेला पारे र राप्ती प्रादेशिक अस्पताल पुर्‍याए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि अर्जुनलाई बाँके, नेपालगञ्जमा लगियो। अर्जुन उपचार गरी घर आएपछि भदौ १ गते इलाका प्रहरी कार्यालयमा पुगेर आफूमाथि कुटपिट र लुटपाट गर्ने चार जनाविरूद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिए। प्रहरीमा उजुरी पर्नुभन्दा पहिल्यै चारै जना फरार भइसकेका थिए। अहिले पनि उनीहरू फरार छन्। प्रहरीले उनीहरूको खोजी जारी राखेको छ।

इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चारै जनाविरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। उनीहरूले अर्जुनलाई कुटपिट र लुटपाट गर्न प्रयोग गरेको कार भने प्रहरी नियन्त्रणमा छ। डिएसपी मल्लका अनुसार उक्त कार तुलसीपुर–५ कै नवीन घर्तीको हो। नवीनले अर्जुनकै आग्रहमा मुद्दा परेका चार जनालाई केही दिनका लागि कार भाडामा दिएका थिए। उनीहरूले लगेको भाडाको समय सकिँदा पनि कार उपलब्ध गराएका थिएनन्। अर्जुनले उनीहरूलाई नवीनको कार फिर्ता गर्न भन्दा कहिले ग्यारेजमा छ त कहिले के भनेर झुट बोल्दै आएका थिए। त्यही कुरालाई लिएर अर्जुन र बम घर्ती मगरको भनाभन तथा मनमुटाव बढेको उनीहरूनिकट एक जनाले नाम नखुलाउने शर्तमा जानकारी दिए। 'उनीहरू सबै एउटै ग्याङका साथी हुन्। लेनदेनको विवादमा एकान्तमा पुर्‍याएर कुटपिट भएको हुन सक्छ,' ती व्यक्तिले भने, 'अपहरण गर्ने बन्धक बनाउने वा हत्या गर्न चाहेको भए जंगल पुर्‍याएर किन फेरि फिर्ता ल्याउँथे होला  र?'घटनाबारे फरार रहेका चारै जना पक्राउ परेपछि मात्रै सत्य तथ्य कुरा खुल्ने डिएसपी मल्लले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports