Incident Reports

छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

2022-08-19

Province 1, Panchthar, Yangwarak, Ward 4

पाँचथर — कक्षा ५ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथरका एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा याङवरक गाउँपालिका ४ को सनसाइन बोर्डिङ स्कुलमा कार्यरत सरजित ठटाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) राकेश थापाले जानकारी दिए । थापाका अनुसार भारतको दार्जिलिङ घर भइ सोही विद्यालयमा कार्यरत शिक्षक ठटालले भदौ ३ गते साँझ सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत एक छात्रालाई बलात्कार गरेका थिए । घटनाका विषयमा पीडितका आफन्तले जाहेरी दिएलगत्तै खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी भदौ ५ गते पाँचथर जिल्ला अदालतमा बुझाएर म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ । पीडित बालिकाको पाँचथर अस्पतालमा स्वास्थ परिक्षण गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Youth Raped n/a
National/Online Media

0 Comments