Incident Reports

दाङमा शंकास्पद वस्तु फेला, विप्लव कार्यकर्तामाथि आशंका

2022-08-23

Lumbini, Dang, Ghorahi

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले आह्वान गरेको नेपाल बन्दको तराईंका जिल्लामा केही प्रभाव देखिएको छ। 

केही जिल्लाम बन्दकर्ताले शंकास्पद बस्तु राखेका छन् भने दाङमा एउटा टिपरमाथि नै आगजनी भएको छ। यद्यपि दाङमा टिपरमाथि भएको आगजनीमा बन्दकर्ताको संलग्नता रहेको विषय भने पुष्टि हुन सकेको छैन। 

दाङको घोराही उपमहानगरपालिका–३ बबइ पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

मंगलबार बिहान ५ बजे आगलागी भएको घटना थाहा पाएर घटनास्थलमा पुगेको प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ। 

नेपाल बन्दको घोषणा गरेको विप्लव नेकपाका दाङ जिल्ला इञ्चार्ज शितललाई सम्पर्क गर्दा उक्त घटनामा आफूहरुको हात नरहेको बताएका छन्। घटना शंकास्पद रहेको भन्दै प्रहरीले टिपरका चालकलाई नियन्त्रणमा लिएको छ। 

बन्दका कारण दाङमा लामो तथा छोटो दूरीका सवारीसाधनरु गुड्न नसकेका दाङ सहकर्मी प्रिया स्मृती गजमेरले जानकारी दिएका छन्। गजमेरका अनुसार दाङका मुख्य शहर घोराही, तुल्सिपुर, लमही, भालुबाङ मंगलबार बिहानदेखि सुनसान छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments