Incident Reports

रुपन्देहीमा बन्दको आंंशिक प्रभाव, सालझण्डीमा शंकास्पद वस्तु भेटियो

2022-08-23

Lumbini, Rupandehi, Sainamaina, Ward 11

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपासहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिकरुपमा परेको छ ।

रुपन्देहीका बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गियालगायतका सहरी र ग्रामीण बजारहरु खुलेका छन् । सडकमा निजी सवारी साधनहरु पनि चलेका छन् । लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन भने चलेका छैनन् ।

उद्योग,कलकारखाना सञ्चालन भएका छन् तर विद्यालय र क्याम्पसहरुको पठनपाठन प्रभावित भएको छ ।

बन्दका क्रममा रुपन्देही र कपिलवस्तुको सीमा सैनामैना नगरपालिकालिका ११ मा पर्ने कोठी जंगल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको छ ।

रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने यकिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments