Incident Reports

विप्लवको ‘नेपाल बन्द’को सामान्य प्रभाव: आतंक सिर्जना गर्न ‘नक्कली बम’को प्रयोग!

2022-08-23

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव देशभर नै सामान्य मात्रै परेको छ। काठमाडौं उपत्यकमा न्यून प्रभाव देखिएको बन्दको तराईंका जिल्लामा भने सामान्य असर देखिएको छ। यस्तै, केही पहाडी जिल्लामा पनि बन्दकर्ताले सवारी साधनमाथि तोडफोड गर्ने प्रयास गरेपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। नेपाल बन्दका कारण सडक यातायातसँगै, उद्योग कलकारखाना, विद्यालय लगायतमा असर नपरेपनि केही ठाउँमा शंकास्पद वस्तु फेला पर्दा स्थानीय नागरिक त्रसित बनेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बिहान, कैलाली, बैतडी, रुपन्देही काभ्रे लगायत जिल्लाका केही ठाउँमा शंकास्पद वस्तु फेला परेको विवरण प्राप्त भएका छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments