Incident Reports

गाडीमा ढुंगा हान्ने बन्दकर्ता स्थानीयबाट कुटिए, ८ जना प्रहरी नियन्त्रणमा

2022-08-23

बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने एक जनालाई स्थानीय चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । कुटाइ खानेमा जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताए । जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत भागेर पनौती जाने बाटोतर्फ गएका थिए । त्यही बेला उनले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले उनीहरुबाट छुटाएर राउतलाई आफ्नो नियन्त्रणमा लिएको थियो । जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको भञ्ज्याङ्म नजिकै राना छापमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय पारेको छ । सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments