Incident Reports

महेन्द्रराजमार्गमा टायर बालेर सडक अवरोध

2022-08-23

पूर्वी नवलपरासी — मंगलबार नेपाल बन्दको आह्वान गरेको नेकपा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले सदरमुकाम कावासोतीस्थित महेन्द्रराजमार्ग अवरोध गरेका छन् । बिहान साढे १० बजे जिल्ला प्रहरी कार्यालयबाट ८ सय मिटर पश्चिम महेन्द्रराजमार्गमा टायर बालेका हुन् । मोटरसाइकलमा आएका २ जना बन्दकर्ताले टायर बालेर भागेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

बिहानैदेखि बन्दका कारण पूर्वी नवलपरासी प्रभावित भएको छ । महेन्द्रराजमार्गमा बिहानैदेखि सार्वजनिक बस सेवा फाट्टफुट मात्र चलेका छन् । लोकल बस नचलेका कारण राजमार्गमा चहलपहल कम छ । शैक्षिक संस्था र कलकारखाना बन्द भएका छन् । राजमार्गमा फाट्टफुट्ट मालबहाक गाडी चलेको देखिन्छ । मुख्य सडकका पसल पातलो खुलेका छन् । भित्रि सडकमा निजी सवारी साधन मात्र सञ्चालन भएका छन् । सार्वजनिक यातायात सञ्चालन नभएका कारण बजारमा सर्वधारण त्यत्ति देखिएका छैनन् । प्रहरीले महेन्द्रराजमार्गका मुख्य बजारमा गस्ती बढाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments